Pages


Wednesday, April 27, 2011

गजल

आज निक्कै दिनपछी यहाँहरु सामु एक गजल पेश गरेकोछु । कस्तो लाग्यो मुल्यांकन गर्ने जिम्मेवारी यहाँहरुलाई नै सुम्पिंदै छु । धन्यवाद !

नबोलेरै पनि मिठो बर्णन भो मेरो आज 
बदलामा जवानी यो तर्पन भो मेरो आज

म त त्यसै लजाएँथें नत तिमी बोल्न सक्यौ 
अचानक छातिभित्र गर्जन भो मेरो आज 

तिमीलाई भेटेपछी केभो मेरो मनलाई 
एकपछी अर्को याद लर्कन भो मेरो आज 

कल्पनाको कुमार झैं उनी मेरो सामु आए 
यस्तो लाग्यो भगवानै दर्शन भो मेरो आज 

माया गर्नु भुल भन्छ कैले ठिकै भयो भन्छ 
मनसँग आफ्नै मन घर्षण भो मेरो आज

दलबीर सिंह बराइली 'घायल'
गुप्तेश्वर-३, रामेछाप 
हाल:अबुधाबी संयुक्त अरब इमिरेट्स

No comments:

Post a Comment